
किसान कल्याण एक परिचय :-सुनसरी जिल्लाको तत्कालीन एकम्बा गाविस वडा नं. ४ बालग्राम चोक आसपासका ३४ जना व्यक्तिहरूले २०५३ साल कार्तिक १३ गते किसान कल्याण कोशको नामबाट स्थापना गरी २०५८ साल भाद्र २५ मा सहकारी डिभिजन कार्यालय सुनसरीमा द.नं. २१।०५८।५९ ले विधिवत् दर्ता भई कानुनी मान्यता प्राप्त संस्था नै हालको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था हो । स्थापनाको समयमा साविक एकम्बा, पकली र हाँसपोसा गरी ३ वटा गाविसभित्र मात्र कारोबार गर्दै आएकामा हाल इटहरी उपमहानगरपालिका, इनरूवा नपाका वडा नं.७, ९ र १० बाहेक, रामधुनी नपा का सबै वडा, बराहक्षेत्र नपा को वडा नं. ११ बाहेक र गढी गापाको वडा नं. १ मात्र का समुदायहरूमा विभिन्न प्रकारका वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सेवा केन्द्र
बालग्राम सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहिलो सेवा केन्द्र बालग्राम को मुख्य कार्यालय सँगै रहेको छ । बालग्राम सेवाकेन्द्र ले २५ बर्ष देखी इटहरी १६ बालग्राममा सेवा दिइरहेको छ । बालग्राम सदस्य सेवा केन्द्र अन्तर्गत हाल ६२०७ जना सेयर सदस्य १३६३ जना बाल सदस्य र २३५ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ । बालग्राम सदस्य सेवाकेन्द्रको सम्पर्क नम्बर ०२५ – ५८७१६० रहेको छ ।
झुम्का सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोश्रो सदस्य सेवाकेन्द्र रामधुनी , रामधुनी नगरपालिका वडा नम्बर ५ झुम्का बजारमा रहेको छ । झुम्का बजारमा बिगत ८ बर्ष देखी सदस्य सेवाकेन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । रामधुनी सदस्य सेवाकेन्द्र अन्तर्गत हाल २३५१ जना सेयर सदस्य ४८१ जना बाल सदस्य र १५९ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। रामधुनी सदस्य सेवाकेन्द्रमा सेवाकेन्द्र प्रमुख राधिका गौतम लगायत चार जना कर्मचारी कार्यरत छन । रामधुनी सदस्य केन्द्रको सम्पर्क नम्बर ०२५ -५६२६१८ रहेको छ ।
बाङे सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो सदस्य सेवाकेन्द्र बराहक्षेत्र नगरपालिका वडा नम्बर -७ बाङे बजारमा रहेको छ । बाङे बजारमा बिगत ८ बर्ष देखी सदस्य सेवाकेन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । बाङे सदस्य सेवाकेन्द्र अन्तर्गत हाल १३५० जना सेयर सदस्य २३७ जना बाल सदस्य र ६७ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। बाङे सदस्य केन्द्रमा सेवाकेन्द्र प्रमुख रमेश कुमार दाहाल लगायत पाच जना कर्मचारी कार्यरत छन । बाङे सदस्य सेवाकेन्द्रको सम्पर्क नम्बर ०२५ – ५५५११८ रहेको छ ।
चतरा सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौ सदस्य सेवाकेन्द्र चतरा बराहक्षेत्र नगरपालिका वडा नम्बर -२ चतरा को बयरबन बजारमा रहेको छ । बयरबन बजारमा बिगत २ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । चतरा सदस्य सेवा केन्द्र अन्तर्गत हाल ८८२ जना सेयर सदस्य १४५ जना बाल सदस्य र ४८ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। चतरा सदस्य सेवाकेन्द्रमा सेवाकेन्द्र प्रमुख राजेन्द्र राउत लगायत चार जना कर्मचारी कार्यरत छन । चतरा सदस्य सेवाकेन्द्रको सम्पर्क नम्बर ०२५ -५५००६६ रहेको छ ।
राजावास सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो सदस्य सेवाकेन्द्र बराहक्षेत्र नगरपालिका वडा नम्बर -९ राजाबास बजारमा रहेको छ । राजाबास बजारमा बिगत २ बर्ष देखी सदस्य सेवाकेन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । राजाबास सदस्य सेवा केन्द्र अन्तर्गत हाल ८८९ जना सेयर सदस्य २२२ जना बाल सदस्य र ८४ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। राजाबास सदस्य सेवाकेन्द्रमा सेवाकेन्द्र प्रमुख सुजन कमर लगायत तीन जना कर्मचारी कार्यरत छन । राजाबास सदस्य सेवाकेन्द्रको सम्पर्क नम्बर ९८१६३१६५१४ रहेको छ ।
इटहरी सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ सदस्य सेवाकेन्द्र इटहरी उपमहानगरपालिका वडा नम्बर -६ इटहरी चोकको पश्चिम लाइनमा रहेको छ । इटहरी बजारमा बिगत २ बर्ष देखी सदस्य सेवा केन्द्र रही सदस्य लाई सेवा दिदैआएको छ । इटहरी सदस्य सेवा केन्द्र अन्तर्गत हाल १२४७ जना सेयर सदस्य १९७ जना बाल सदस्य र ५९ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। इटहरी सदस्य सेवाकेन्द्रमा सेवाकेन्द्र प्रमुख रितेश श्रेष्ठ लगायत चार जना कर्मचारी कार्यरत छन । सदस्य केन्द्रको सम्पर्क नम्बर ०२५ -५८९२६० रहेको छ ।
खनार सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं सदस्य सेवा केन्द्र खनार, इटहरी उपमहानगरपालिका वडा नम्बर १२ को खनार बजारको बिराटनगर लाइनमा रहेको छ । खनार बजारमा बिगत २ बर्ष देखि सदस्य सेवा केन्द्र सञ्चालन गरी सदस्य लाई सेवा दिदैआएको छ । खनार सदस्य सेवा केन्द्र अन्तर्गत हाल १०६७ जना सेयर सदस्य, ११५ जना बाल सदस्य र २१ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। खनार सदस्य सेवाकेन्द्रमा सेवाकेन्द्र प्रमुख नवराज पोख्रेल लगायत तीन जना कर्मचारी कार्यरत छन् । खनार सदस्य सेवाकेन्द्रको सम्पर्क नम्बर ०२५ -४२००९४ रहेको छ ।
जनता सेवाकेन्द्र
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आठौ सदस्य सेवाकेन्द्र इटहरी उपमहानगरपालिका वडा नम्बर – ८ इटहरीको गैसार चोकमा रहेको छ । इटहरीको गैसारमा बिगत ९ बर्ष देखी जनता साकोस का नाम ले सदस्य लाई सेवा दिदैआएको संस्था हाल किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. सँग एकीकरण पस्चात किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आठौ सदस्य सेवाकेन्द्र भएको छ । जनता सदस्य सेवा केन्द्र अन्तर्गत हाल १४४८ जना सेयर सदस्य, २९ जना ज्येष्ठ नागरिक सदस्य र १२५जना बाल सदस्य लाई सेवा दिदैआएको छ। जनता सदस्य सेवाकेन्द्रमा सेवाकेन्द्र प्रमुख गोमा बराल लगायत पाँच जना कर्मचारी कार्यरत छन । जनता सदस्य केन्द्रको सम्पर्क नम्बर ९८५२०५४०८३ रहेको छ ।
लघुबित्त
लघुबित्त कार्यक्रममा जम्मा १२५० जना सेयर सदस्यले सेवा लिरहनु भएको छ ।