किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं सदस्य सेवा केन्द्र खनार, इटहरी उपमहानगरपालिका वडा नम्बर १२ को खनार बजारको बिराटनगर लाइनमा रहेको छ । खनार बजारमा बिगत २ बर्ष देखि सदस्य सेवा केन्द्र सञ्चालन गरी सदस्य लाई सेवा दिदैआएको छ । खनार सदस्य सेवा केन्द्र अन्तर्गत हाल ४६५ जना सेयर सदस्य, ६१ जना बाल सदस्य र १३ जना ज्येष्ठ नागरिक सदस्य लाई सेवा दिदैआएको छ। खनार सदस्य सेवा केन्द्रमा सेवाकेन्द्र प्रमुख निराजन सिंह लगायत तीन जना कर्मचारी कार्यरत छन् । खनार सदस्य सेवा केन्द्रको सम्पर्क नम्बर ०२५ -४२००९४ रहेको छ ।