किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ सदस्य सेवा केन्द्र जनता इटहरी उपमहानगरपालिका वडा नम्बर – ८ इटहरीको गैसार चोकमा रहेको छ । इटहरीको गैसारमा बिगत ९ बर्ष देखी जनता साकोस का नाम ले सदस्य लाई सेवा दिदैआएको संस्था हाल किसान कल्यान बचत तथा ऋण सहकारी सँग एकीकरण पस्चात किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ सदस्य सेवाकेन्द्र भएको छ । जनता सदस्य सेवा केन्द्र अन्तर्गत हाल ११२८ जना सेयर सदस्य र २९ जना बाल सदस्य लाई सेवा दिदैआएको छ। जनता सदस्य केन्द्रमा सेवाकेन्द्र इटहरीका प्रमुख केदार बस्नेत लगायत पाँच जना कर्मचारी कार्यरत छन । जनता सदस्य केन्द्रको सम्पर्क नम्बर ९८५२०५४०८३ रहेको छ ।