मिति २०७७ साल माघ १६ गते का दिन राष्ट्रिय सहिद दिवसको उपलक्ष्यमा यस संस्थाले विगतमा जस्तै नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रम संस्थाको मुख्य कार्यालय इटहरी १६ बालग्राम को प्राङ्गणमा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र संस्थापक सेयर सदस्य भवनाथ लुइटेल प्रमुख आतिथ्यतामा सम्पन्न भएको, सो रक्तदान कार्यक्रममा जम्मा ५० जना रक्तदाता महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।
संस्थाले सकेसम्म हरेक सामाजिक कार्यक्रममा सहभागी हुने संस्थाको उद्देश्को आत्मसात गर्दै संस्थाले रक्तदान कार्यक्रमलाई सामाजिक कार्यक्रमका ररूपमा विगत लामो समयदेखी निरन्तरता दिदै आएको छ ।