किसान कल्याण साकोसले आफ्नो सदस्यलाई बैंक मा पैसा पठाउन सहज होस् भनी, अब यस साकोस बाट नेपाल भरिका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।
अब किसान कल्याण साकोसको मोबाईल बैंकिङ बाट किसान कल्याण को खाता तथा जुनसुकै बैंक को खाता मा पैसा जम्मा गर्न सकिने तथा बिद्यतको बिल भुक्तानी गर्ने, मोबाईलमा रिचार्ज गर्न, ईन्टरनेटको बिल भुक्तानी गर्ने, केबल टि भि को बिल भुक्तानी प्लेन को टिकेट को रकम भुक्तनी तथा सम्पूर्ण बैंकिङ कार्य घरमा बसेर मोबाईल बैंकिङको माध्यम बाट घरबाट नै गर्न सकिने भएको छ ।
किसान कल्याण साकोस बाट कुनैपनी बैंकको खातामा पैसा जम्मा गर्दा एक पटकमा न्युनतम रु ५०० । देखी अधितम रु ५०००० । सम्म पठाउने तथा जम्मा गर्न सकिने र दिनमा रु १००००० । सम्म पठाउने तथा जम्मा गर्न सकिने छ । रु ५०० सम्म जम्मा गर्दा रु ५ दस्तुर लग्ने रु ५०० देखी ५००० सम्म रु १० र ५००० देखी ५०००० सम्मको रु २० दस्तुर लाग्ने छ ।
नेपालमा डिजिटल कारोबारको सुरुवात सङै किसान कल्याण साकोसले पनि मोबाईल बैंकिङ तथा कागज रहित कार्यालय बनाउने प्रयास तथा सदस्यलाई सुचनाको लागि न्युज पोर्टेल सुरुवात गरेको छ । मोबाईल बैंकिङ चलाऊन यो लिन्क https://play.google.com/store/apps/detailsid=com.pes.kishankalyan&fbclid=IwAR1b0gZVb4MXVaziqmw_TEttACUrOakuxvm_xRT4GuSlrNZEllJQFQ8dC0Y बाट एप्स डाउनलोड गरी चलाऊन सकिन्छ भने अन्लाईन किसान बुलेटिनको लागि यो लिन्क https://kisanbulletin.com/ मा क्लिक गरी हेर्न सकिन्छ ।