किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले हरेक सामाजिक कार्यक्रममा
किसान कल्याण साकोसको सहभागीता जनाउने योजना अनुरुप आज १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा किसान कल्याण साकोस को मुख्य कार्यालयमा आज मिती २०७७ फाल्गुन २३ गते आफ्ना सेयर सदस्यको सहभागीतामा महिला हिंसा न्युनिकरण सम्बन्धी एक दिवसिय सचेतना गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षक पेशल कुमार खतिवडाले महिला माथि हुने हिंसाका प्रकृति र नेपाल तथा बिश्वमा भएका बिभिन्न हिंसाका बारेमा बिभिन्न उदाहरणका साथ प्रस्ट पार्दै कानुनी ब्यवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । करिब ४ घण्टा चलेको सो प्रशिक्षण कार्यक्रम संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो भने संस्थाका सञ्चालक सचिव थिर बहादुर खड्काले सञ्चालन गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले हाम्रो समाजमा छोरी र बुहारी बिचको व्यबहारमा समानता भएमा धेरै हिंसा अन्त्य हुने बिश्वास व्यक्त्त गर्नुभएको थियो ।
कार्यक्रममा ५० जना सेयर सदस्यको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले अहिले भएको कार्यक्रम
सचेतनाकालागी किसान कल्याण महिला सदस्यकोलागी यस प्रकृतीका कार्यक्रम सञ्चालक गरी धेरै कुराको ज्ञान भएको र पुरुष भन्दा बढी सेयर सदस्य भएकोले आगामी दिनमा अलिक लामो समय सञ्चालन भए अझ बढी जानकारी हुने भएकोले आगामी दिनमा लामो समय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । हरेक सामाजिक कार्यक्रममा सहभागीता जनाउने किसान कल्याण साकोसको योजना अनुरुप आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने किसान कल्यान साकोसको लक्ष्य रहेको छ ।