किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले मिति २०७७ चैत्र २१ गते शनिवार इटहरी १४ मा आयोजना गरेको एक टोल भेला कार्यक्रममा इटहरी १४ मा रहेको हनुमान मन्दिरमा कुर्सी वितरण गरेको छ । सो कार्यक्रम किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको गैसारमा रहेको जनता सदस्य सेवा केन्द्रले आयोजना गरेको थियो ।
“बचत नै धन हो र बचत गरेको धन नै जीवनको सहारा हो” मानव जीवनको आर्थिक सुधारको बाटो बचत हो भने बचतले आपत्कालीन अप्ठ्यारो टार्ने अध्यक्ष ढकालले बताउनु भयो ।
आर्थिक ,सामाजिक ,नैतिक ,भौतिक जस्ता अन्य वित्तीय गैर वित्तीय कारोबार गर्दै हरेक समयमा किसान कल्याण सहकारीले साथ दिएर इटहरी १४ को सरदार समुदायको हनुमान मन्दिरलाई गरेको सहयोगले संस्था र सदस्य बिचको सम्बन्ध जीवन्त बनाउन पुलको काम भएको हनुमान मन्दिर समिति अध्यक्ष उर्मिला सरदारले बताउनु भयो ।
सञ्चालक समिति सदस्य तथा जनता सेवा केन्द्र संयोजक यादव प्रसाद सिग्देलले एकल प्रयासबाट जुन काम सम्भव हुँदैन त्यो काम सामूहिक रूपमा सहज हुने भएकाले आर्थिक ,सामाजिक ,नैतिक ,भौतिक जस्ता अन्य वित्तीय गैर वित्तीय कारोबारमा किसान कल्याण अग्रस्थानमा रहेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका बजार प्रवर्द्धन विभाग प्रमुख रमेश खतिवडाले संस्थाले प्रदान गर्ने हरेक सेवा सुविधा प्राप्त गर्न सेयर सदस्य हुनुपर्ने भएकोले सेयर सदस्य बन्न आव्हान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष शालिकराम ढकालले कुर्सी हनुमान मन्दिर व्यवस्थापन समिति अध्यक्ष उर्मिला सरदारलाइ हस्तान्तरण गर्नुभएको थियो साथै कार्यक्रममा उपस्थित ८९ जनालाई २०७८ सालको भित्ते पात्रो वितरण गरी कार्यक्रम समापन गरिएको थियो ।
सहकारी ऐन २०७४ ले व्यवस्था गरेको सामुदायिक विकास कोष अवधारणा र सोको परिचालन सम्बन्धी मर्मलाई मध्यनजर सोही कोषबाट खर्च हुने गरी उत्त कुर्सी इटहरी १४ मा अवस्थित हनुमान मन्दिरलाई उपलब्ध गराएको हो ।
साथै सोही कोषबाट खर्च हुने गरी बक्लौरी क्रिकेट क्लबले आयोजना गरेको दोश्रो बक्लौरी कप टि ( २० क्रिकेट प्रतियोगिता २०७७ लाई नगद रु ३००० को भौतिक सामाग्री उपलब्ध गराएको छ । उल्लेखित कार्य बाट संस्थाले सामुदायिक विकासमा निरन्तर लागिरहेको अझ प्रस्ट रूपमा झल्किन्छ ।