025-587746
Corporate Website
No Result
View All Result
Friday, March 24, 2023
Kisanbulletin
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा
No Result
View All Result
Kisanbulletin
No Result
View All Result

मानिसको दोस्रो जीवनसाथी बचत

मानिसको दोस्रो जीवनसाथी बचत

किसान बुलेटिन by किसान बुलेटिन
२ वर्ष अगाडि
in FEATURE, लेख रचना
0
34
SHARES
343
VIEWS
Share on FacebookShare on Twitter
गोमा गिरी कोशाध्यक्ष, किसान कल्याण साकोस

मानिस प्रकृतिको अद्भुत जीवित प्राणी हो । पृथ्वीको सृष्टिकर्ता, प्राणी जगतको सर्वश्रेष्ठ रहस्यमय जीव हो । भने विश्वको अनुपम सिर्जना सहितको चेतनशील ज्ञानको भन्डार भएको सर्वश्रेष्ठ प्राणी हो । मानिस सामाजिक चेतनशील प्राणी भएको हुँदा समाज आफै निर्माण गरी समाजमा मिलेर एकाकार भएर रहेका हुन्छन् । समाजका विभिन्न परम्परा संस्कार-संस्कृति रीतिरिवाज धर्म आदिलाई आलम्बन गर्दै बाँचिरहेको हुन्छ । मानिस जन्मे देदेखिखी मृत्यु पश्चात् सम्म पनि यही समाजका विभिन्न बन्धनमा बाँधिनु पर्ने हुन्छ । यसरी जीवन जिउने जन्म विवाह मृत्यु हुँदै एवम् क्रमले आरोह अवरोह पार गर्दै अघि बढिरहेको हुन्छ । मानिसको उमेर वृद्धिसँगै सामाजिक परम्पराअनुसार विवाह बन्धनमा बाधिन्छन । विवाहपश्चात् समाजमा भन्ने चलन छ पहिलो जीवनसाथी श्रीमानको श्रीमती हुन्छ भने श्रीमतीको श्रीमान् हुन्छन् । त्यसै गरी विवाहपश्चात् पहिलो जीवन साथीसँग जीवन चलाउने क्रममा छोराछोरी नातिनातिना आफन्त नातागोता धेरै हुन्छन् । मानिस यसैमा अल्झिरहेको हुन्छ, तर जीवन जिउने काममा मानिसलाई पनि थाहा हुँदैन कि दोस्रो जीवन साथी को हो ? भने कुरामा । यस्तो अवस्थामा हामीले बुझ्नुपर्छ कि दोस्रो जीवन साथी भनेकै बचत हो । बचत भनेको के हो त ? बचत भनेको हामी मानिसले आफूसँग भएको कमाएको धन वा सम्पत्ति खर्च गर्न अगाडि छुट्टाएर राखिएको सञ्चित धन वा सम्पत्ति नै बचत हो । मानिसले दैनिक जीवन व्यतीत गरिरहँदा आफ्नो वर्तमान र भविष्य सुरक्षित राख्नको लागि बचत गर्नुपर्ने हुन्छ ।  पहिलो जीवन साथीको त भर हुँदैन कति बेला टुटेर जान्छ तर आफूसँग प्रशस्त बचत गर्न सकेको छ भने बाँचुन्जेल जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि ठुलो साथ दिनेछ । हामीले बचत गर्दा आफ्नो घर नजिकको, भरपर्दो, विश्वासिलो र चिने जानेका सञ्चालक, कर्मचारी भएको वित्तीय कारोबार गर्ने विभिन्न बैङ्क तथा सहकारी संस्थामा राख्न सकिन्छ हामीले आम्दानीबाट पहिला बचत छुट्यार त्यसपछि बाँकी रहेको रकमलाई खर्च गर्नु पर्दछ । बचत गर्नलाई आजको समयमा विभिन्न वित्तीय संस्थाहरू प्रतिस्पर्धात्मक अवस्थामा खुलेका हुनाले कुन राम्रो र कुन नराम्रो भनेर छनौट गरे पश्चात् गर्नुपर्दछ ।
मानिसलाई बचतको आवश्यकता कुन बेला हुन्छ ?
१) हातमा सिप जागर भएको तर पुँजीको अभाव खड्किएको वेला ।
२) अनिकाल भोकमरी परेको बेला ।
३) दैवी प्रकोप परेको बेला ।
४) चर्को ब्याजमा ऋण लिनुपर्ने बेला .
५) सामाजिक परम्परा चाडपर्व रीतिरिवाज मा पैसाको आवश्यकता परेको बेला ।
६) ऋण लिनको लागि धितो राख्नु सम्पत्ति नभएको बेला ।
७) अचल सम्पत्ति राखेर पनि कहीँ रिन नपाएको बेला ।
८) जन्म, विवाह, मृत्यु तथा अन्य आपतकालिन अवस्था परेको बेला ।
९) आफ्ना आफन्त नातागोता कसैले आफूलाई साथ नदिएको बेला ।
१०) शरीरमा विभिन्न रोग लागेर उपचार गर्ने अवस्थामा ।
११) एक्लै बाच्ने दिन आएमा सहारा बचत बनाउन ।
१२) गास बास कपास शिक्षा स्वास्थ्य र बुढेसकाल सुरिक्षित बनाउन ।
बचत किन गर्ने ?
१) आपतकाल टार्न ।
२) आयमूलक वा उत्पादनमूलक व्यवसाय सञ्चालन गर्न ।
३) आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न ।
४) सम्पत्ति पढाउन ।
५) फजुल खर्च घटाउन ।
६) वैदेशिक रोजगारमा जान ।
७) सामूहिक तथा साझेदारी भावनाको विकास गर्न ।
८) आत्मनिर्भर र स्वावलम्बी हुन ।
९) परनिर्भरता त्याग गर्न ।
१०) भावी सन्ततिलाई आर्थिक बोझ कम गर्न ।
११) व्यक्तिको चेतना स्तर मापन गर्न ।
१२) भविष्यमा आइपर्ने वित्तीय सङ्कटबाट मुक्ति पाउन ।
१३) सामाजिक सशक्तीकरणका विकास गर्न ।
१४) आफ्नो शरीरमा कुनै रोग लागेर उपचार गर्न ।
१५) एक्लै बाच्ने दिन आयमा सहारा बचत बनाउन ।
१६) बचत कसरी गर्ने ?
१७) कम खर्च गरेर ।
१८) फजुल खर्च कम गरेर ।
१९) बानीमा परिवर्तन गरेर ।
२०) आम्दानी बढाएर ।
२१) त्यागी भएर ।
२२) विश्वास, सद्भाव र एकताबद्ध भएर ।
२३) आफ्नो तथा परिवारको भविष्य प्रति संवेदनशील र दुर् दर्सी भएर ।
२४) कुलत बानीहरू हटाएर ।
२५) अनावश्यक सामाजिक खर्चहरू घटाएर ।
२६) बचत गर्ने अवसर स्थान र सुविधा उपलब्ध गराएर ।
२७) खुत्रुकेमा जम्मा गरेर ।
२८) ढुकुटीमा जम्मा गरेर ।
२९) माना मुट्ठी पर सारेर ।
३०) बिनासीताका आवश्यकता घटाएर ।
३१) समूहमा संलग्न भएर ।
३२) सामूहिक कार्य गरेर ।
३३) समयको बचत गरेर ।
३४) जाँगरिलो, उद्यमशील र परिश्रमको भएर ।
३५) आफूसँग भएको सीप सदुपयोग गरेर ।
३६) आयआर्जन कसरी गर्ने ?
३७) कुनै उद्योगमा व्यापारमा लगानी गरेर ।
३८) सानो सानो व्यवसाय गरेर ।
३९) आयआर्जन हुने खालको कुनै पनि सीपमूलक कार्यक्रम गरेर ।
४०) खाली हात र खाली दिमाग बस्ने बानी अहिलेबाटै त्यागेर ।
४१) लगानीका लागि बचत गर्ने बानी बसालेर ।
४२) आम्दानी र खर्चको बीचमा खाडल बनाएर ।
४३) जीवन बिमा गरेर ।
४४) कृषि उत्पादनको उचित प्रयोग र उपयोग गरी बजारीकरणको व्यवस्था गरेर ।
४५) पशुपालन गरेर ।
४६) घरेलु उद्योग सञ्चालन गरेर ।
यसर्थ, मानव जीवनको पहिलो साथी जति बेला पनि टुट्न सक्छ छ, यस्तो अवस्थामा आज देखि हाम्रो जीवनभर साथ दिने दोस्रो जीवनसाथी बचत नै भएको हुँदा जुनसुकै तवर वाट भएर पनि मानव जीवनलाई आजैबाट बचत सँगै जोडौँ ।
सदस्यहरूको वित्तीय खोजाइ ।
किसान कल्याण बचत नै पहिलो रोजाइ ।।

Previous Post

क्रिस्टल गहना निर्माण सम्बन्धी तालिम सम्पन्न

Next Post

रक्तदान कार्यक्रम सम्पन्न

Next Post

रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान कल्याण साकाेसकाे डिजिटल बुलेटिन

सम्पर्क

ठेगाना : इटहरी १६, सुनसरी
मुख्य कार्यालय : ०२५ ५८७१६०
इमेल : info@kisankalyan.org.np

सेवा केन्द्र

बराह सेवा केन्द्र : ०२५ ५५१११८
राजावास सेवा केन्द्र : ९८१६३१६५१४
रामधुनी सेवा केन्द्र : ०२५ ५६२६१८
चतरा सेवा केन्द्र : ०२५ ५५००६६
इटहरी सम्पर्क केन्द्र : ०२५ ५८९२६०
खनार सेवा केन्द्र : ०२५ ४२००९४
जनता सेवा केन्द्र : ९८५२०५४०८३

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • गतिविधि
    • आर्थिक
    • सामाजिक
  • लेख रचना
  • सेवा केन्द्र समाचार
    • बालग्राम सेवा केन्द्र
    • झुम्का सेवा केन्द्र
    • बांगे सेवा केन्द्र
    • चतरा सेवा केन्द्र
    • राजावास सेवा केन्द्र
    • इटहरी सेवा केन्द्र
    • खनार सेवा केन्द्र
    • जनता सेवा केन्द्र
  • सफलताकाे कथा
  • स्वागत तथा समवेदना
    • स्वागत
    • समवेदना
  • फाेटाे ग्यालरी
  • सेवाकेन्द्रहरू
  • हाम्राे बारेमा

© Kisan Kalyan Saving & Credit Cooperative Ltd. (Kisan Bulletin) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist