देश कै सर्बोउत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा परिचित रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले हरेक सामाजिक कार्यक्रममा आफ्नो सहभागीता जनाउने क्रममा यस संस्थाले दशैं तिहार लगायतका ठुला चाडपर्व नजिकिदै गर्दा रक्तदान कार्यक्र्म सफलता पूर्वक सम्पन्न गरेको छ ।
मानव उपचारका लागि आवश्यक पर्ने रगत चाडपर्वको समयमा समेत अभाव नहोस भनेर सुनसरीको इटहरीमा यस संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
२३ गते शनिबार इटहरी ६ स्थित कलस पोलिक्लिनिकमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक रुपमा सहयोग पुर्याएको थियो ।
दशैं तिहार लगायतका ठुला चाडपर्वको समयमा रगतको कमी हुने र सो समयको लागि केही हद सम्म स्वास्थ्य क्षेत्रलाई सहयोग पुग्ने भएकोले संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
किसान कल्याणको संचालक समिती सदस्य तथा स्वास्थ्य उपसमिती संयोजक प्रेमबहादुर बस्नेतको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा २७ जना महिला पुरुषले रक्तदान गरेका छन ।
बिगत लामो समय देखी रक्तदान कार्यक्रमलाई यस संस्थाले रक्तदान कार्यक्रमलाई वार्षिक कार्यक्रमको रुपमा राखेको छ ।