मिति २०७८ माघ ६ गते मनकामना साकोस पथरी को आयोजनामा २८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूकको प्राविधिक सहयोगमा सञ्चालन भएको यो कार्यक्रममा एक्सेस कार्यक्रमा सहभागी पूर्वाञ्चल तेश्रो ब्याचका सात वटा साकोसको सहभागिता रहेको थियो । भने किसान कल्याण साकोस बाट कोषाध्यक्ष गोमा गिरी प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेत ऋण अधिकृत रमेश खतिवडा र सेवा केन्द्र प्रमुख राजेन्द्र राउतको सहभागिता रहेको थियो ।
कार्यक्रम साकोस पथरीको भवनमा उक्त साकोसका अध्यक्ष श्री युवराज भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रम मा प्रमुख अतीथी जिल्ला बचत संघका अध्यक्ष सोमनाथ निरौला तथा नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीको सहजीकरणमा कार्यक्रम सञ्चालन भएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी ले द्वन्द ब्यवस्थापन सम्बन्धी सहजीकरण र अघिल्लो कार्यशालाको निर्णय कार्यान्वनको समीक्षा र वित्तीय अवस्थाको प्रस्तुती तथा विश्लेषण गर्नु भयो । भने सहभागी साकोसहरु(किसान कल्याण, महिला, मनकामना ,मोरङ, साहारा, इटहरा, रमाइलो) आफ्नो संस्थाको गतिविधि प्रस्तुत गर्नु भयो । कार्यक्रम समापनका क्रममा एक अर्काको गतिविधि आदानप्रदान गर्ने र छलफल गर्ने यो कार्यक्रम निकै महत्वपूर्ण रहेको कार्यक्रमका अध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो ।