किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. इटहरी–१६, बालग्रामको आयोजनामा मातातीर्थ औँसीको अवसर पारेर ज्येष्ठमाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यालय इटहरी–१६, बालग्राममा आयोजित कार्यक्रममा ७० वर्ष उमेर पुगेका सेयरसदस्यमा एकाघर परिवारमा वसोवास गर्ने ज्येष्ठ माताहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष श्री शालिकराम ढकाल कोअध्यक्षता प्रदेश नं. १ रजिस्ट्रार श्री हरी बहादुर खत्रीको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघका अध्यक्ष श्री गंगा प्रसाद दाहाल, रसंस्थाका सल्लाहकार समितिका अध्यक्ष साहित्यकार कृष्ण बिनोद लम्सालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमसंस्थाका सचिव थिर बहादुर खड्काले संचालन गर्नुभएको थियो । संस्थाको हरेक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर ज्येष्ठमाताहरुलाई मातातीर्थ औँसीको अवसरमा र ज्येष्ठ पिताहरुलाई कुशे औँसीको अवसरमा सम्मान गर्ने गरेको छ । सम्मानित ज्येष्ठमातापिताहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता समेत दिदै आएको छ । संस्थाको गैरवितिय कार्यक्रम अन्तर्गत स्थापनाकालदेखी नै सामाजिक तथा सामुदायिक कार्यक्रमहरुमा विशेष रुपमा जोड दिई सञ्चालन गर्ने गरिएको छ । हाल संस्थामा ६७६ ज्येष्ठनागरिक बचत कर्ता सहित १७,६१४ सदस्यहरु रहेका छन भने संस्थाको कुल पुँजी एक अरब भन्दा माथि रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकरी दिनुभयो ।