किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिवशिय संचालक तथा कर्मचारी क्षमता अभिबृद्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री शालिकराम ढकालज्यूको अध्यक्षता र नेफ्सकुनका पूर्व कोषाध्यक्ष श्री केशब पोख्रेलज्यूको प्रशिक्षणमा पथरी शनिश्चरे–०२ स्थित सिन भिलेज रिसोर्टमा तालिम सम्पन्न भएको हो । वित्तिय बजारमा देखिएका तरलताको संकट समाधान गर्न निकै चुनौती भईरहेको बर्तमान अवस्थालाई मध्यनजर गर्दै संस्थाले कार्यक्रमको आयोजना गरेको हो संस्थाले आगामी आ.व. ०७९।८० का लागी १ अर्ब ३५ करोडको कुल सम्पति पुर्याउने लक्षका साथ अगाडी बढिरहेको छ भने उक्त लक्ष हासिल गर्नका लागी कर्मचारी तथा संचालक हरुको क्षमता अभिबृद्धी गर्न लागिएको हो । कार्यक्रममा संस्थाका संचालक समिति,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु गरि जम्मा ५६ जनाको उल्लेखीय उपस्थिती रहेको थियो ।