किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि इटहरी १६, सुनसरीको सामाजिक तथा गैरबित्तिय कार्यक्रम अन्तर्गत कुशे औँसीको अवसरमा आयोजना गरिएको ज्येष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री शालिकराम ढकालको अध्यक्षतामा, जिल्ला सहकारी संघका अध्यक्ष श्री गंगा प्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मा ६७ जना ज्येष्ठ पिताहरूलाई सम्मान गरिएको हो । संस्थाले हरेक बर्ष ७० बर्ष उमेर पुगेका पुरूष शेयर सदस्य,शेयर सदस्यका बुबा, ससुराबुबा, हजुरबा , हजुरबा ससुरा लाई कुशे औँसीको अवसरमा सम्मान गर्ने गरेको छ भने मातातीर्थ औँशीको अवसरमा ७० बर्ष माथिका महिला शेयर सदस्य, सदस्यका आमा, सासुआमा, हजुरआमा सासुलाई सम्मान गर्ने गरेको छ । सम्मानित ज्येष्ठ मातापिताहरूलाई संस्थाले मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । संस्थामा १८ हजार भन्दा बढी सदस्यहरु र १ अर्ब ६ करोडको कुलसम्पती रहेको छ ।