युवाहरुमा सहकारी भावनाको विकास गर्न किसान कल्याण साकोसले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । किसान कल्याण साकोसले आफ्ना सेवाकेन्द्र हरुमा साकोसको युवा क्लब गठन गरेको छ ।
किसान कल्याण साकोस युवा क्लब खनारको अगुवाईमा गरिबी न्यूनिकरणमा सहकारीको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता मा किसान कल्याण साकोस युवा क्लब खनार का अध्यक्ष मनमोहन दाहाल को अध्यक्षता तथा वडा न १२ का वडा अध्यक्ष भुवन प्रसाद पोखरेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
साकोसको खनार सेवाकेन्द्रको कार्यक्षेत्र भित्रका ९ वटा विद्यालयका १६ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा सरस्वती सतन मा. वि.का प्रेम खत्री प्रथम भएका छन् । यस्तै खनार सनसाइन एकेडेमीका शुभाङ्ग लुइटेल द्वित्तीय, न्यु एरा एकेडेमी कि येनुका पोखरेल तृतीय र साई चिल्ड्रेन होमका आकाश पराजुली सान्त्वना भएका थिए ।
प्रतियोगिताका विजेताहरुले शिल्ड, मायाको चिनो ,प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका थिए ।
संस्थाले युवा सेयर सदस्यहरुलाई सहकारीमा सकृय बनाउने उदेश्यले सबै सेवाकेन्द्रहरूमा युवा क्लब गठन गरि सृजनात्मक कार्यक्रमहरु गर्ने गरेको छ ।