
किसान कल्याण एक परिचय :-सुनसरी जिल्लाको तत्कालीन एकम्बा गाविस वडा नं. ४ बालग्राम चोक आसपासका ३४ जना व्यक्तिहरूले २०५३ साल कार्तिक १३ गते किसान कल्याण कोशको नामबाट स्थापना गरी २०५८ साल भाद्र २५ मा सहकारी डिभिजन कार्यालय सुनसरीमा द.नं. २१।०५८।५९ ले विधिवत् दर्ता भई कानुनी मान्यता प्राप्त संस्था नै हालको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था हो ।
स्थापनाको समयमा साविक एकम्बा, पकली र हाँसपोसा गरी ३ वटा गाविसभित्र मात्र कारोबार गर्दै आएकामा हाल इटहरी उपमहानगरपालिका, इनरूवा नपाका वडा नं.७, ९ र १० बाहेक, रामधुनी नपाका सबै वडा, बराहक्षेत्र नपाको वडा नं. ११ बाहेक र गढी गापाको वडा नं. १ मात्रका समुदायहरूमा विभिन्न प्रकारका वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।
परिकल्पना: सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्घिमा केन्द्रित, प्रतिस्पर्धी र सर्वोत्तम छनोटको वित्तीय संस्था हुने ।
ध्येय : सदस्यहरूबाट सङ्कलित बचत रकम आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षमता अभिवृद्घिका कार्यक्रम सञ्चालन गर्ने ।
उद्देश्यहरू :
अनुत्पादक खर्च घटाई सदस्यहरूमा बचत गर्ने बानीको विकास गर्ने ।
आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय विकासमा सहयोग गर्ने ।
सदस्यहरूलाई व्यवसायी बन्न अभिप्रेरित गर्ने ।
सदस्यहरूमा उद्यमशीलताको विकास गर्ने ।
सदस्यहरूमा नेतृत्व क्षमता विकास गर्ने ।
प्रतिस्पर्धी र पूर्ण पारदर्शी संस्था सञ्चालन गर्ने ।
सामाजिक सुरक्षा र गैरवित्तीय कार्यक्रमहरू आवश्यकताअनुसार सञ्चालन गर्ने ।
आधुनिक प्रविधिको पूर्ण उपयोग गर्ने ।
सदस्यहरूको सर्वाङ्गीण विकासका लागि नवीन कार्यहरूको खोजी गर्ने ।
मूल्य मान्यताहरू :
(क) समानता
(ख) इमानदारी
(ग) कर्मठ व्यवस्थापन
(घ) जिम्मेवारी
(ङ) समन्वय
(च) सम्मान
(छ) जवाफदेहिता
(ज) नवीनताको खोजी
संस्थाले हालसम्म प्राप्त गरेका उपलब्धिहरू
क्र.सं. | उपलब्धीको नाम | प्राप्त मिति | प्रदान गर्ने निकाय |
१ | जिल्लाको उत्कृष्ट सहकारी संस्था | १२/२०/२०६४ | जि. सहकारी सङ्घ सुनसरी |
२ | देशको उत्कृष्ट सहकारी कारोबार पुरस्का | ०८/२८/२०६८ | राष्ट्रिय सहकारी बैङ्क |
३ | देशको उत्कृष्ट सहकारीका रूपमा कदर पत्र | ०९/०६/२०६९ | नेफ्स्कून |
४ | एक्सेस ब्रोन्ज मेडल | २०७३/२०७४/२०७५ | एसियाली ऋण महासङ्घ |
५ | अन्तरलगानी सेवामा उत्कृष्ट योगदान | ०९/०७/२०७४ | नेफ्स्कून |
६ | सुनसरी जिल्लाको उत्कृष्ट सहकारी संस्था | १२/२०/२०७५ | जि; सहकारी सङ्घ सुनसरी |
७ | एक्सेस सिल्भर मेडल | ०५/२५/२०७६ | एसियाली ऋण महासङ्घ |
८ | देशकै सर्वोकृष्ट सहकारी संस्था | २०७७/०४/३२ | नेफ्स्कून |
संस्थाको आबद्घता
क्र.सं. | आबद्ध निकायको नाम | आबद्धता मिति |
१ | राष्ट्रिय सहकारी बैङ्क | ०९/०१/२०६० |
२ | नेपाल बचत तथा ऋण केन्दी्रय सहकारी सङ्घ लि. (नेफ्स्कून) | ०३/०३/२०६२ |
३ | बचत तथा ऋण सहकारी सङ्घ लि., सुनसरी | १०/०६/२०६२ |
४ | जिल्ला सहकारी सङ्घ लि., सुनसरी | १२/२०/२०६७ |
५ | एसियाली ऋण महासङ्घ, थाइलेन्ड | १०/२१/२०६८ |
कार्यक्षेत्र :
इटहरी उमनपा
रामधुनी नपा
बराहक्षेत्र नपाको वडा नं. ११ बाहेक
इनरूवा नपाका वडा नं. ७,९ र १० बाहेक
गढी गापाको वडा नं. १ मात्र
संस्थाका कार्यालयहरू
क्र.सं. | कार्यालय | ठेगाना | फोन नं. |
१ | मुख्य कार्यालय | इटहरी – १६, बालग्राम | ०२५–५८७७४६ |
२ | बालग्राम सदस्य सेवाकेन्द्र | इटहरी – १६, बालग्राम | ०२५–५८७१६० |
३ | झुम्का सदस्य सेवाकेन्द्र | रामधुनी— ५, झुम्का बजार | ०२५–५६२६१८ |
४ | बाङ्गे सदस्य सेवाकेन्द | बराहक्षेत्र —¬७, बाङ्गे बजार | ०२५– ५५१११८ |
५ | चतरा सदस्य सेवाकेन्द | बराहक्षेत्र —२, बयरवन बजार | ०२५–५५००६६ |
६ | राजावास सदस्य सेवाकेन्द | बराहक्षेत्र—९, राजावास | ९८१६३१६५१४ |
८ | खनार सदस्य सेवाकेन्द | इटहरी— १२, खनार बजार | ०२५–४२००९४ |
९ | जनता सदस्य सेवा केन्द्र | इटहरी – ८ , गैसार | ९८५२०५४०८३ |
सदस्यता लिने प्रक्रिया :
१. नेपाली नागरिक हुनुपर्ने,
२. संस्थाको कार्यक्षेत्रमा बसोबास भएको वा कार्यक्षेत्रभित्र कुनै पेशा व्यवसायमा संम्लग्न भएको हुनुपर्ने, ३. संस्थाको सदस्यता आवेदन रितपूर्वक भरेको हुनुपर्ने,
४. आवेदनका साथ निम्नअनुसारको शुल्क बुझाउनुपर्ने,
आवेदन शुल्क रू १००।
सेयर कम्तीमा १ कित्ता रू १०० (अनिवार्य)
नियमित बचत कम्तीमा रू ३००(अनिवार्य)
ऐच्छिक बचत कम्तीमा रू ३०० (स्वैच्छिक)
चालु बचत कम्तीमा रू १००(स्वैच्छिक )
राहत शुल्क ( राहत कार्यक्रममा सहभागी हुन चाहेमा मात्र)
क्र.सं. उमेर समूह राहत कोशमा योगदान रकम
१ १६ देखि ४० वर्षसम्मका लागि रू.१५००।
२ ४१ देखि ५० वर्षसम्मका लागि रू.२०००।
३ ५१ देखि ६० वर्षसम्मका लागि रू.२५००।
४ ६१ देखि ७० वर्षसम्मका लागि रू.३०००।
५ ७० वर्षभन्दा माथि रू.५०००।
५. आवेदनका साथ निम्नअनुसारको शुल्क बुझाउनुपर्ने,
आवेदकको नगरिकताको प्रतिलिपि — थान १
हकवालाको नागरिकताको प्रतिलिपि— थान १
आवेदकको हालसालै खिचेको पासपोर्ट साइजको फोटो — थान ५
आवेदकको हकवालाको पासपोर्ट साइजको फोटो — थान १
कार्यक्षेत्रभन्दा बाहिरको नागरिकता भएमा कार्यक्षेत्रभित्र स्थाई बसोबास भएको वा कुनै पेशा व्यवसायमा संलग्न रहेको प्रमाणित कागजात ।
६. संस्थामा आबद्व २ जना सेयर सदस्यले सिफारिस गरेको हुनुपर्ने । (आवेदन फाराममा खुलाउने संस्थाका कार्यक्रमहरू
(क) वित्तीय कार्यक्रमहरू
(१) बचत कार्यक्रम : संस्थाको कार्यक्षेत्र भित्रका आम नागरिकहरूलाई कमाइबाट मात्र धनी बनिँदैन, धनी बन्न त बचत नै गर्नुपर्दछ भन्ने वित्तीय सचेतना जगाउने र बचत गर्न प्रेरित गर्ने अभिप्रायले सदस्यहरूको माग र आवश्यकताका आधारमा अधिकतम ब्याजदर प्रदान गर्ने गरी बिभिन्न कार्यक्रमहरू संस्थाले प्रयोगमा ल्याएको छ ।
(२) ऋणका कार्यक्रमहरू : सदस्यहरूबाट सङ्कलित सेयर तथा बचत रकम सदस्यहरूको आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र सेयर सदस्यहरूलाई उद्यमशिलता मार्फत स्वरोजगारीमा जोडी आर्थिक सशक्तीकरण गर्ने साथै आकस्मिक वित्तीय सङ्कट टार्न संस्थाले बिभिन्न शीर्षकमा न्यूनतम ब्याजदरमा अधिकतम ऋण सिमा रू.१ करोड सम्म ऋण प्रवाह गर्दछ ।
(३) मोबाइल तथा एस.एम.एस बैङ्किङ सेवा कार्यक्रम : सदस्यहरूको श्रम र समयको महत्वलाई मध्यनजर गर्दै संस्थाले आधुनिक बैङ्किङ प्रणालीका रूपमा मोबाइल तथा एस.एम.एस. बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । जसबाट सदस्यहरूले जुनसुकै ठाउँबाट जतिसुकै बेला विभिन्न बिल भुक्तानी गर्न, खाताको रकम स्थानान्तरण गर्न तथा आफ्नो खाताको मौज्दात हेर्न र मिनी स्टेटमेन्ट हेर्न सक्नुहुनेछ ।
(४) रेमिटान्स सेवा : संस्थामा आबद्व सेयर सदस्यहरूलाई विप्रेषण सेवा दिने अभिप्रायले सरल र सहज तवरले संस्थाले रेमिटान्स सेवा पनि सञ्चालन गरेको छ ।
(५) ३६० दिने काउन्टर सेवा : संस्थाको मुख्य कार्यालयमा वर्षमा ३६० दिन नै काउन्टर सेवा प्रदान गरिएको छ र भविष्यमा अन्य सदस्य सेवाकेन्द्रहरूमा पनि यो सेवा प्रदान गर्न आवश्यक गृहकार्य भइरहेको छ ।
गैरवित्तीय कार्यक्रमहरू
१. समवेदना पत्र प्रदान : सेयर सदस्य तथा सेयर सदस्यका एकाघर परिवारका सदस्यको निधनमा संस्थागत रूपमा उपस्थित भई समवेदना प्रदान गर्ने ।
२. ज्येष्ठ नागरिक सम्मान : ७० वर्ष पूरा भएका(दलितको हकमा ६५ वर्ष) सेयर सदस्य वा सेयर सदस्यमा आश्रित ज्येष्ठ मातापिता, हजुरआमा, हजुरबुबा वा अन्य सेयर सदस्यमा आश्रित ज्येष्ठ मातालाई माता तीर्थ औँसीमा र पितालाई कुशे औँसीमा सम्मान गरिने।
३.स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम : संस्थाको कार्यक्षेत्रभित्र आवश्यकताअनुसार विविध विषयमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने ।
४. सांस्कृतिक कार्यक्रम (तीज, जितिया, इद मिलन आदि) : स्थानीय समुदायसँगको आत्मीयतालाई प्रगाढ बनाउन समुदायको धर्म संस्कृतिअनुसारका पर्वमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने ।
५. राहत प्रदान : संस्थाका सेयर सदस्यहरूलाई पर्न सक्ने आकस्मिक घट्नामा संस्थाको साथ रहोस् भन्ने उद्देश्यले आगलागी, बाढीपहिरो, एपेन्डीसाइडको शल्यक्रिया, सेयर सदस्य निधन तथा ज्येष्ठ नागरिक र बालबचतकर्ताको निधन आदिमा रू २,०००। देखि रू २०,०००। सम्म राहत प्रदान गरिने ।
६. सामाजिक सुरक्षा भत्ता वितरण : सेयर सदस्य तथा सेयर सदस्यमा आश्रित सम्मानित ज्येष्ठ मातापिताहरूलाई सम्मान गरेपश्चात् परिचयपत्र बनाएर मासिक रूपमा रू.१००। ले सामाजिक सुरक्षा भत्ता प्रदान गरिने ।
७. सीपमूलक तालिम : सेयर सदस्य केन्द्रित विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिने । ८. सदस्य उपचार सहयोग :सदस्यहरूलाई कुनै पनि उमेरमा लाग्न सक्ने मुटु रोग, क्यान्सर, मृगौला फेल, ब्रेन ट्युमरजस्ता प्राणघातक रोगहरूमा संस्थागत सहयोग गर्ने उद्देश्यले अधिकतम रू.३०,०००। सम्म सहयोग गरिने ।
९.खेलकुद : संस्थाका सेयर सदस्य/सन्ततिहरूका बीचमा विभिन्न शारीरिक खेलकुद एवम् बौद्घिक कार्यक्रम गराई आपसी सद्भाव वृद्घि गर्दै स्वास्थ्य लाभ गराउने उद्देश्यले प्रतियोगी/अप्रतियोगी कार्यक्रमहरू सञ्चालन गरिने ।
१०.सामुदायिक विद्यालय पुरस्कार : सेयर सदस्यहरूको बाहुल्य रहेको संस्थाको कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयहरू मध्येबाट छनोट गरी एउटा विद्यालयलाई पुरस्कृत गरिने ।
११.उत्कृष्ट सदस्य पुरस्कार : सदस्यहरूको सेयर, बचत तथा ऋणको कारोबारका आधारमा संस्थाको पुरस्कार नीतिअनुसार उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य, बालबचतकर्ता र ज्येष्ठ नागरिक बचतकर्ताहरूलाई विभिन्न विधामा पुरस्कृत गरिने ।
१२.महिला सशक्तीकरण : महिला सेयर सदस्यहरूको सशक्तीकरण गर्ने उद्देश्यले विभिन्न सीपमूलक, नेतृत्व विकास, महिला अधिकार र उद्घोषणजस्ता तालिम कार्यक्रमहरू सञ्चालन गरिने ।
१३.युवा उद्यमशीलता विकास : युवा सेयर सदस्यहरूलाई स्वरोजगारमा जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने र आवश्यक पुँजीको व्यवस्थापन गर्न ऋण प्रवाह गरिने ।
१४.अवलोकन भ्रमण : उद्यमी वा उद्यम गर्न चाहने सेयर सदस्यहरूलाई उनीहरूले गरिरहेको वा गर्न चाहेको उद्यम अनुसारका सफल उद्यम वा व्यवसायको अवलोकन गराई उत्पादकत्व वृद्धि गराउन संस्थाको भ्रमण नीतिअनुसारको मापदण्डमा परेका सदस्यहरूलाई अवलोकन भ्रमणको अवसर प्रदान गरिने
१५ जन्मदिनमा शुभकामना तथा उपहार : किसान कल्याण साकोसका बाल सदस्यलाई जन्मदिनमा शुभकामना तथा उपहार प्रदान गरिने ।
१६ उत्कृष्ट कारोबार गर्ने सदस्य लाई उपहार: महिनाको उत्कृष्ट कारोबार गर्ने सदस्य लाई शुभकामना तथा उपहार प्रदान गरिने ।